
भिजिट भिसा प्रकरणमा सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचबुँदे प्रस्तावकाे मस्यौदा प्रस्तुत गरेको छ।
भिजिट भिसाको दुरुपयोग तथा मानव तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति बनाउने प्रस्तावकाे मस्यौदा कांग्रेस र माओवादीलाई बुझाएको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।
प्रस्तावमा पाँच दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने, अख्तियारको अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्नेलगायतका विषय समेटिएका छन्। उक्त मस्यौदा कांग्रेस र माओवादी नेताले अध्ययन गरिरहेका छन्।
यस्ताे छ मस्याैदा :