
सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौंमा नि:शुल्क बस चलाएको छ। उपत्यकामा सार्वजनिक सवारीसाधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि दुईवटा बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चालन हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्नेछ। ती बसमा सर्वसाधारणहरूले नि:शुल्क यात्रा गर्न पाउनेछन्।
यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौंमा दुईवटा नि:शुल्क बस चलाएको छ।