१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २१ बुधबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २१ बुधबार o९:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छुवाछुत अन्त्य गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २१ बुधबार o९:४२:oo

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछुत अन्त्य गर्न राज्यले गरेका घोषणा र संकल्पलाई व्यवहारमा कार्यान्वयन गर्न तीनवटै तहका सरकार सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । 

जातीय भेदभाव तथा उन्मूलन दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले जनताको बलिदानीपूर्ण संघर्षबाट नेपाली समाजमा रहेका सबै प्रकारका असमानता, उत्पीडन, विभेद र विकृति, विसंगतिको अन्त्य गर्ने संकल्पका साथ नयाँ संविधान जारी भएको बताएका छन् ।  

साथै अध्यक्ष विश्वकर्माले छुवाछुत अन्त्य गर्न संविधानले गरेका सबै व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गरे ।