Skip This
साउनदेखि कर्मचारीको मासिक तलबमा तीन हजार थपिने, पेन्सनवालाको यथावत 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १५ बिहीबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १५ बिहीबार १७:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

साउनदेखि कर्मचारीको मासिक तलबमा तीन हजार थपिने, पेन्सनवालाको यथावत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १५ बिहीबार १७:३७:oo

आगामी साउनदेखि राष्ट्रसेवक कर्मचारीको मासिक तलब रकम तीन हजार रुपैयाँले थपिनेछ। सरकारले बजेटमार्फत महँगी भत्ताको रकम बढाएपछि यसको अंक तलबमा जोडिएर जानेछ।

महँगी भत्तालाई पाँच हजार रुपैयाँ पुर्‍याइएको छ। सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत तलब नबढाई महँगी भत्ताको रकम बढाएको छ। हाल दुई हजार रुपैयाँ रहेको महँगी भत्ता साउनदेखि बढेर पाँच हजार पुग्नेछ। यो भत्ता रकम सबै पदका लागि एउटै दरमा लागू हुनेछ।

भत्ता बढ्दा खासगरी तल्लो तहका कर्मचारीलाई राहत हुनेछ। स्रोत व्यवस्थापनमा परेको दबाबले अपेक्षाअनुरूप तलब वृद्धि सम्भव नभएको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले बताए। स्रोत व्यवस्थापनमा चाप परेको भन्दै घुमाउरो बाटोबाट सरकारले महँगी भत्ता बढाएको छ। 

महँगी भत्ता बढाउँदा यसको लाभ भने बहाल रहेका स्थायी कर्मचारीलाई मात्र हुनेछ। राज्य कोषबाट पेन्सन बुझ्ने पेन्सनवालाहरूले यसको लाभ पाउनेछैनन्। त्यस्तै, करारका कर्मचारीलाई पनि महँगी भत्ता दिने व्यवस्था छैन। तीन वर्षदेखि कर्मचारीको तलब बढेको छैन।

औसतमा दुई वर्षमा तलब बढाउने अभ्यास विगतमा भए पनि स्रोतमा चाप परेको भन्दै सरकारले यसपटक तलब वृद्धि गरेन। पछिल्लोपटक ०७९ मा सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो। यसपटक तलब बढ्ने आशा कर्मचारीले गरे पनि सरकारले महँगी भत्ता मात्रै बढाएको छ।