Skip This
परराष्ट्रमन्त्री डा. राणा हङकङमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. राणा हङकङमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज हङकङ पुगेकी छिन् ।  जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय संगठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी गएराति हङकङ प्रस्थान गरेकाे मन्त्री डा. राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए। 
    
जनवादी गणतन्त्र चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रमा भोलि ‘मे ३०’ मा हस्ताक्षर समारोह हुँदै छ । सो समारोहमा नेपाल पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन लागेको हो ।मन्त्री डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय एवं हङकङस्थित नेपाली महावाणिज्य दूतावासका वरिष्ठ अधिकारी सम्मिलित प्रतिनिधिमण्डल समारोहमा सहभागिता हुनेछ । 

परराष्ट्रमन्त्री डा. राणा आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।