१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
२o८२ जेठ १८ आइतबार o९:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिदिङ्वाधाम पर्यटन महोत्सवमा स्थानीय सामग्री प्रवर्द्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार o९:५३:oo

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आयोजना गरेको ‘प्रथम सिदिङ्वाधाम पर्यटन महोत्सव २०८२’ मा स्थानीयस्तरमा उत्पादित सामग्री प्रवर्द्धनमा जोड दिएको छ । महोत्सवको पहिलो दिन अतिथिलाई स्थानीयस्तरमा उत्पादित छुर्पीको माला लगाएर स्वागत गरिएको छ । स्थानीयस्तरमा पाइने अल्लोबाट उत्पादित ढाकाका सामग्री टोपी, खादाका साथै कोटसमेत उपहार दिएर स्थानीयस्तरमा उत्पादित सामग्रीहरूको प्रवर्द्धनमा जोड दिएको हो । 

सिदिङ्वाधाम अर्थात् सिदिङ्वामा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा ढाका र अल्लो कपडाको खादा र चौँरीको छुर्पीको माला प्रयोग गरिएकाले स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले बताए ।

महोत्सवको उद्घाटनमा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोलाई ढाकाको कोटसमेत उपहार दिइएको थियो । अध्यक्ष राईले पर्यटनको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको बताए ।

पूर्वमन्त्री मेन्याङ्बोले महोत्सवले स्थानीय उत्पादनको प्रयोग र प्रचारको शैलीले प्रवर्द्धनमा टेवा पुग्ने बताए । सिदिङ्वा गाउँपालिकाका सातमध्ये वडा नम्बर ४ साब्लाखु र ५ लिम्बुदिनबाहेकका वडामा तुलनात्मक रूपमा बढी पशुपालन गरिने भएकाले यहाँ बढी छुर्पी उत्पादन हुने गर्छ ।

वडा नम्बर १  कालीखोला र २ सादेवाको माथिल्लो भेग तिम्बुङपोखरी क्षेत्र, वडा नम्बर ७ सुरुङ्खिमको माथिल्लो भेगमा गाई, भैँसी, याक तथा चौँरीपालन व्यवसाय रहेकाले यस क्षेत्रमा याक, चौँरी र गाईको दुधबाट उत्पादन हुने छुर्पीको प्रवर्द्धन गरी प्रचारप्रसार गर्ने उद्देश्यले अथितिलाई छुर्पीको माला लगाइएको आयोजकले जनाएको छ । 

यहाँ धार्मिक पर्यटकीय गन्तव्य सिदिङ्वाधाम, तिम्बुङ पोखरी, ढङ्ढंगे झरना, चमेरे गुफा, हात्ती ढुंगाजस्ता पर्यटकीय गन्तव्य छन् । तर, ओझेलमा परेका यी स्थलको प्रचारप्रसार गरी पर्यटक भिœयाउने महोत्सवको मुख्य उद्देश्य रहेको पालिका उपाध्यक्ष कृष्णकुमारी कँडरिया (वन्दना)ले बताइन् ।