१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १८ आइतबार
  • Monday, 02 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १८ आइतबार १o:१६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाँदर भगाउनेदेखि डढेलो नियन्त्रणसम्मको प्रविधि बनाउँदै विद्यार्थी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १८ आइतबार १o:१६:oo

चन्द्रागिरिको काखमा रहेको सुन्दर पर्यटकीय गाउँ चित्लाङ पछिल्लो समय अनुसन्धानको केन्द्र बनेको छ । दुई वर्षअघि सञ्चालनमा आएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका विद्यार्थी यहाँ बसेर देशको आवश्यकताअनुसार विभिन्न विषयमा शोध गरिरहेका छन् ।

शुक्रबार काठमाडौंबाट प्रतिनिधिसभा सदस्यहरू अवलोकनमा पुग्दा प्राध्यापक तथा विद्यार्थीहरूले भइरहेका विभिन्न अनुसन्धानबारे जानकारी दिए । जहाँ डिजिटल प्रविधिअन्तर्गत स्नातकोत्तर तहका विद्यार्थीहरूले प्रविधिको प्रयोग गरेर बाँदर भगाउनेदेखि डढेलो नियन्त्रणसम्मको प्रविधिबारे शोध अनुसन्धान गरिरहेका छन् ।

नेपालमै उपयोग हुने गरी यस्तो अनुसन्धान भइरहेको सहप्राध्यापक डा. राजीव सुब्बाले बताए । ‘किसानलाई सहयोग हुने प्रविधि निर्माण गरिरहेका छौँ,’ उनले भने । ग्रिनहाउसमा अटोमेटिक रूपमा तापक्रम कायम हुने गरी प्रविधि पनि बनाउन लागिएको छ ।

त्यस्तै, जुम्लाको मार्सी चामलमा लाग्ने मरुवा रोग, काउलीमा लाग्ने गाँठे रोगको विषयमा पनि विद्यार्थीले विस्तृत अनुसन्धान गरिरहेका छन् । ढुंगा माटो र बाँसको प्रयोगबाट नेपालमा मौलिक रूपमा बलिया संरचना बनाउने, प्रयोगशालामा प्रयोग हुने रसायनको निर्माणदेखि जैविक खेतीलाई प्रभावकारी बनाउने तथा जैविक मललाई राम्रो बनाउने विषयमा अध्ययन भइरहेका छन् ।

देशको विकासमा योगदान दिने गरी अनुसन्धानका काम भइरहेको विश्वविद्यालयका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए । ‘विद्यार्थीहरू यहाँबाट निस्किएपछि देश निर्माणमै लाग्ने विश्वास छ,’ उनले भने, ‘त्यहीकारण हामीले ३० हजार रुपैयाँसम्म मासिक वृत्ति दिएर गुणस्तरीय अनुसन्धानमा जोड दिएका छौँ ।’

विश्वविद्यालयमा सबैजसो विद्यार्थी निःशुल्क पढ्छन् । धेरैलाई मासिक वृत्तिसमेत दिइने गरेको छ । सरकारबाट बजेट बढेमा एक सय विद्यार्थीलाई अनुसन्धानमा लगाउन सकिने अध्यक्ष जोशी बताउँछन् । हाल विश्वविद्यालयमा २७ जना विद्यार्थी छन् । केहीले पिएचडी गरिरहेका छन् । ‘ज्ञान नै समृद्धि र विकासको आधार भएकाले सोही उद्देश्यअनुसार विश्वविद्यालय स्थापना गरेर सञ्चालन गरिएको हो,’ उनले भने ।

संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा  विश्वविद्यालयको शुक्रबार र शनिबार अवलोकन गरी प्राध्यापक तथा विद्यार्थीसँग अन्तत्र्रिmया गरेका हुन् । समितिका सभापति अम्मरबहादुर थापा तथा सदस्यहरू देवेन्द्र पौडेल, छविलाल विश्वकर्मा, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, सरिता भुसाल, ज्ञानु बस्नेतले अवलोकन र अन्तक्र्रिया गरे ।

भ्रमणका क्रममा सांसदहरूले डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन, तथा दिगो तथा लचिलो पूर्वाधारसम्बन्धी अनुसन्धान प्रयोगशालाको अवलोकन गरे । त्यसक्रममा डा. भूषण श्रेष्ठ, डा. सविना श्रेष्ठ, डा. अनुपमा श्रेष्ठ, डा. सर्वेशदास डंगोल, डा. किशोर तिमल्सिना तथा डा. राजीव सुब्बाले अनुसन्धानबारे जानकारी गराएका थिए ।