
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा हुन्डाईका तीन इलेक्ट्रिक सवारी मोडेलमा विशेष ‘प्रि–बजेट अफर’ सार्वजनिक गरेको छ । अफर १४ जेठसम्म लागू हुनेछ ।
अफरअन्तर्गत ग्राहकले नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा इभी खरिद गर्दा निःशुल्क बिमा, सडक करमा छुट तथा नगद छुटजस्ता विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । यो पहलले नेपाली उपभोक्तामाझ इलेक्ट्रिक सवारीसाधनको पहुँच अझ विस्तार गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले तीनवटै मोडेलमा दिइएको छुटले यी अत्याधुनिक गाडीलाई अझ किफायती बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, कम्पनीले देशभर डिसी र एसी चार्जरयुक्त ६६ वटा सक्रिय स्टेसन रहेको विस्तृत रि–लार्ज चार्जिङ नेटवर्क निर्माण गरिसकेको जानकारी दिएको छ ।