
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। भर्खरै सम्पन्न मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आगामी पाँच वर्षका लागि गभर्नर नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
यसअघि आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंकको डेपुटी गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सिफारिस समितिले दिएको नामबाटै पौडेललाई गभर्नर नियुक्त गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी दिए।
डा. पौडेल यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भएका थिए। २०७९ को आम निवार्चनमा उनी चितवन–१ बाट नेपाली कांग्रेसबाट चुनाव लडेका थिए।