Skip This
१०औँ वातावरण साहित्य गोष्ठी जेठ १७ गते काठमाडौंमा, कविता र निबन्धसंग्रह सार्वजनिक हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ ६ मंगलबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१०औँ वातावरण साहित्य गोष्ठी जेठ १७ गते काठमाडौंमा, कविता र निबन्धसंग्रह सार्वजनिक हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १७:५८:oo

नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोस्टको सहआयोजनामा “दशौं वातावरण साहित्य गोष्ठी” आगामी जेठ १७ गते प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजना हुने भएको छ।

गोष्ठीमा लेखक विजय हितानद्वारा रचित पर्या कविता ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिनेछ। साथै, पर्या निबन्ध प्रतियोगितामा सहभागी १०८ निबन्धमध्येबाट छानिएका उत्कृष्ट ३२ निबन्धहरूको संग्रह सार्वजनिक गरिने कार्यक्रम रहेको छ।

गोष्ठीमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने निबन्धकारहरूलाई पुरस्कारसहित सम्मान प्रदान गरिनेछ भने बाँकी २९ जना प्रतियोगीलाई पनि सम्मान गरिने आयोजकले जनाएका छन्।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदी हुनेछन् भने विशेष अतिथिका रूपमा ज्ञानबहादुर क्षत्री रहनेछन्। गोष्ठीका की-नोट स्पिकर डा. गोविन्दराज भट्टराई रहनेछन्। त्यसैगरी, डा.गीता त्रिपाठी र डा. अशोक थापा कार्यक्रमका वक्ता रहनेछन्।

कार्यक्रमको संयोजन विजय हितानले गरेका छन्। आयोजकका अनुसार यो गोष्ठीले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्य राखेको छ।