१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
२o८२ जेठ २ शुक्रबार १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्कुलबसले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १३:३९:oo

महोत्तरीको लोहारपट्टी नगरपालिका– ७, भ्रमरपुरास्थित बिग्ही खोला पुलनजिकै जनकपुरबाट बल्वातर्फ जाँदै गरेको शारदा एकेडेमी बोर्डिङ स्कुलको  बसले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ ।  बिहीबार साँझ महोत्तरीकै पिपरा गाउपालिका– ५ हर्दिया बस्ने सिकिन्द्र मण्डलको छोरा १८ वर्षीय सुमितकुमार मण्डलको मृत्यु भएको हो । जनकपुरबाट आउँदै गर्दा उनलाई बसले ठक्कर दिएको हो ।

दुर्घटनापश्चात् उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । यता बसचालक फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी शैलेन्द्रकुमार भट्टले जनाए । उनले शव पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाउने तयारी रहेको बताउँदै घटनामा संलग्न देखिएका चालक पक्राउका लागि प्रहरी खटिरहेको बताएका छन् ।

यता मृतकका परिवारले घटनाका चालक हालसम्म फरार रहेको र बसधनीसमेत सम्पर्कमा नआएको भन्दै रोष व्यक्त गरे । परिवारले घटनामा संलग्न चालकलाई तत्काल पक्राउको माग गरेका छन् ।