१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री डा. राणा र भारतका वातावरणमन्त्रीबिच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १७:४७:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भूपेन्दर यादवबिच भेटवार्ता भएको छ। परराष्ट्रमन्त्री डा. राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबिच शुक्रबार सो साइडलाइन भेटवार्ता भएको हो।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदान–प्रदानका विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री डा. राणाले नेपालले आयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद दिइन्।

नेपाल र भारतबिच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझदारीपत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि महत्त्वपूर्ण रहेको बताए। नेपाल र भारतबिच पछिल्लो समयमा जारी द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयहरूमा भइरहेका इंगेजमेन्टबारे पनि सो बैठकमा कुराकानी भएको थियो।

साथै जलवायु परिवर्तनको मुद्दा नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के–कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्नेबारे पनि कुराकानी भएको बताइएको छ। सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौं आएका हुन्।