१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ बस्ती दुई खेलअघि नै रेलिगेसनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२५:oo

नयाँ बस्ती युवा क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको रेलिगेसनमा परेको छ । नयाँ बस्ती लिगको अन्तिम दुई खेलअघि नै ‘सी’ डिभिजनमा घटुवा भएको हो । एन्फा कम्प्लेक्समा बिहीबार मध्यपुर युथ एसोसिएसन र श्री भगवती क्लबले १–१ को बराबरी खेलेपछि नयाँ बस्ती दुई खेलअघि नै घटुवा भयो । नयाँ बस्ती ११ खेलबाट ५ अंकका साथ पुछारमा छ । लिगका बाँकी दुवै खेल जिते पनि नयाँ बस्ती ११औँ स्थान रहनेछ । नयाँ बस्तीले मध्यपुरलाई भेट्नेछैन । मध्यपुरले १२ खेलबाट १२ अंक जोडेको छ । लिगका पुछारका दुई टोली घटुवा हुने प्रावधान छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अपिल कमिटीले मंगलबार सरस्वती युथ क्लबविरुद्ध उजुरी हालेर नयाँ बस्तीले प्राप्त गरेको ३ अंक घटाएको थियो । सरस्वतीका धीरेन्द्रबहादुर शाहको निलम्बन फुकुवा गर्दै सरस्वतीको खोसिएको ३ अंक फिर्ता गरेपछि नयाँ बस्ती संकटमा परेको हो । अब लिगमा दुई खेल मात्रै बाँकी रहँदा ‘ए’ डिभिजनमा बढुवा हुने र ‘सी’ डिभिजनमा घटुवा हुने एक टोलीको टुंगो भइसकेको छ । ‘ए’ डिभिजनमा उक्लने एक र ‘सी’ डिभिजन लिगमा घटुवा समान एक टोलीको टुंगो लाग्न बाँकी छ । ११ खेलबाट २७ अंक जोड्दै प्लानिङ ब्वाइज युनाइटेड शीर्ष डिभिजनमा उक्लिसकेको छ । ११ खेलबाट २३ अंकका दोस्रो स्थानमा रहेको श्री भगवती क्लब बढुवा हुने सम्भावना छ । 

१९ अंक बनाएको ‘ए’ डिभिजन लिगको पूर्वविजेता ब्वाइज युनियनले श्री भगवतीलाई पछ्याइरहेको छ । टुसाल युथ, मध्यपुर, ब्रिगेड ब्वाइज र श्री कुमारी क्लबबिच रेलिगेसन भिडन्त भइरहेको छ । यीमध्ये एक टिम रेलिगेसनमा पर्नेछ । ब्वाइज युनियनले ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा टार्‍यो । ब्वाइज युनियनले श्रीकुमारी क्लबलाई ५–३ ले हराउँदै ‘बी’ डिभिजनमै रहने पक्का गरेको हो । श्री कुमारीविरुद्ध ब्वाइज युनियनका दिव्यविक्रम चौधरीले दुई गोल गरेका थिए ।