मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
Invalid date format १o:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई क्यापिटलको सिइओमा लुइँटेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३२:oo

ग्लोबल आइएमई बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा मन्दिप लुइँटेल नियुक्त भएका छन् । 

कम्पनीको सञ्चालक समितिले यही २९ पुसमा करार सम्झौता गरी माघ १ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरीनिवासी निज लुइँटेल यसअघि सानिमा क्यापिटल लिमिटेडमा इन्भेस्टमेन्ट बैंंकिङको प्रमुखका रूपमा दोस्रो वरीयतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए । 

भारतको पुनेबाट एमबिए गरेका लुइँटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसिआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट–स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइँटेलले नेपालको पुँजी बजारबारे विशेष दखल राख्ने बताइएको छ ।