मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २ शनिबार
  • Wednesday, 30 September, 2026
२o८o भदौ २ शनिबार १७:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘उपहार’मा अनुबन्धित भए तेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २ शनिबार १७:oo:oo

पछिल्लो फिल्म ‘प्रेमगन्ज’बाट अत्याधिक चर्चा कमाएका अभिनेता तेज गिरी कलाकारको बलियो लाइनअप भएको फिल्म ‘उपहार’मा नायकको रूपमा काम गर्ने पक्का भएको छ। 

उनीसँगै फिल्ममा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, समर्पण कार्की मुख्य भूमिकामा देखिँदै छन्। 

रेखा थापाको निर्माण र ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको चलचित्रको हाल वर्कसप चलिरहेको छ भने अब केही दिनमा छायाँकन सुरु हुँदैछ । 

प्रेमगन्जपछि धेरै चलचित्रमा काम गर्न अफर आए पनि निर्माण टिम र यस चलचित्रले उठान गर्न खोजेको विषयवस्तु मन परेको कारण यसमा काम गर्ने निर्णयमा पुगेको कुरा तेजले सुनाए। 

तेज विगत एक दशकभन्दा लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय रूपमा सशक्त ढंगमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

↑