मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३० शुक्रबार o९:३९:oo
Read Time : > 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय कृषि समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीलाई ३ प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार o९:३९:oo

हरेक वर्ष किसानले किन रासायनिक मल पाउन कठिनाइ भोग्ने गरेका छन् ? 
पहिलो त मागअनुसारको आपूर्ति हुँदैन । हाम्रोमा मलको माग करिब सात लाख मेट्रिकटन हो । तर, सरकारले त्योभन्दा धेरै कम परिमाणको मलको आपूर्ति प्रक्रिया बढाउँछ । दोस्रो मलको खरिद प्रक्रिया नै झन्झटिलो छ । मल आएपछि पनि सरकारले साल्ट ट्रेडिङ कर्पाेरेसनमार्फत सहकारीलाई मल दिन्छ र तिनले बल्ल किसानलाई वितरण गर्छन् । सहकारीले गर्ने वितरणको निगरानी गर्ने कुनै निकाय छैन । अनुगमन नहुँदा सबैलाई मिलाएर वितरण गरिएको पाइएको छैन । बजेट अभाव र वितरण प्रणालीको जटिलताले मलको अभाव दोहोरिइरहने गरेको छ । 

दशकौँदेखि रासायनिक मल कारखाना खोल्ने कुरा पनि उठ्दै आएको छ । तर, कारखाना खोल्न केले रोकिरहेको छ ?
रासायनिक मल उद्योग ठुलो परियोजना हो । यसमा खर्बौं लाग्छ । रासायनिक मलभित्र पनि धेरै थरी हुन्छन् । हाम्रो देशमा प्राय: धेरै युरिया प्रयोग गरिन्छ । डिएपी अलि–अलि र पोटास कतै–कतै प्रयोग हुने गरेको छ । एउटा कारखानाले यीमध्ये कुनै एक खालको मल बनाउने होला । बाँकी त फेरि पनि आयात गर्नैपर्ने होला । फेरि माटोको उर्वराशक्तिका हिसाबमा रासायनिक मल दिगो समाधान होइन । 

मल अभावको दिगो समाधान के हो ? 
ध्यान दिनुपर्ने कुरा, कृषि मन्त्रालयको कुल बजेटको झन्डै आधा मलका लागि छुट्याइएको हुन्छ । त्यत्रो बजेटले समेत सबैलाई मल पुर्‍याउन नसकिने भएपछि यसको विकल्प सोच्नुपर्ने हो । बजेट अभावले गर्दा मात्र होइन, माटोको स्वास्थ्यका लागि पनि रासायनिक मलको विकल्प खोजिनुपर्छ । निरन्तरको रासायनिक मलको प्रयोगले माटोको प्रांगारिक पदार्थमा निरन्तर ह्रास भइरहेको छ । हाम्रोमा किसान, माटोदेखि सरकारसम्मलाई रासायनिक मलको बानी परिसकेको छ । यसको विकल्प नखोजी सुख छैन । 

प्रांगारिक मलको आम प्रयोगले मलअभाव र माटोको शक्तिको नाश दुवै समस्याबाट दिगो समाधान दिन्छ । तत्काल रासायनिक मलको प्रयोग त्याग्न नसकिएला । पाँच–दश वर्षको योजना बनाएर पूर्ण रूपमा प्रांगारिकमा जानुपर्छ । हाम्रा स्थानीय निकायले करोडौँ खर्च गरेर ल्यान्डफिल्ड साइटमा फाल्ने फोहोरको करिब ६० प्रतिशत हिस्सा प्रांगारिक मल बनाउन सकिन्छ । यस्ता अन्य विकल्पमा हामीले बहस गर्न ढिलो भइसक्यो ।