मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार ११:१२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबिच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार ११:१२:oo

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबिच समझदारी भएको छ । यी दुई पक्षबिच सांग्रिलाका ग्राहकलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा ग्लोबल आइएमईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्टका सिइओ सुयोग श्रेष्ठले हस्ताक्षर गरे । सांग्रिलाका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित प्रतीतपत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ आदि सुविधा ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने  समझदारीपत्रमा उल्लेख छ । 

ग्लोबल आइएमईले तीन सय ५२ शाखा कार्यालय, तीन सय ८४ एटिएम, एक ५५ शाखारहित बैंकिङ सेवा र ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ ।