मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
२o८२ श्रावण ३० शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कावासोतीमा बस दुर्घटना हुँदा १३ जना घाइते 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार ११:५९:oo

नवलपुरको कावासोती– ८, खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना.४ ख ७७७६ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। 

घाइतेहरूमध्ये केहीको चितवनतर्फ र केहीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेहरू मध्यम र सामान्य रहेको जनाएको छ । घाइतेहरूलाई उद्धार गरी अस्पतालतर्फ पठाइएको कारण घाइतेहरूको पूरा विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। 

घाइतेहरूमध्ये देवचुली नगरपालिका– १४, प्रगतिनगरनिवासी ६५ वर्षीया महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका– २१ निवासी ७० वर्षीय पुरुष दीपबहादुर भट्टराईको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। त्यसैगरी, सातजनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भइरहेको छ। 

नवलपुर अस्पतालमा कावासोती– ८ निवासी १४ वर्षीय उत्कृष्ट पोख्रेल, कावासोती ८ कै ६३ वर्षीय राजकुमार सिग्देल, बाराको कैलाली उपमहानगरपालिका– १९ निवासी १७ वर्षीय सलमान खान, चितवनको भरतपुर महानगरपालिका– ५ निवासी १२ वर्षीया बालिका सदीक्षा वाग्ले, नवलपुरको हुप्सेकोट– ४ निवासी २४ वर्षीया श्वेता आले, हुप्सेकोट– ४ कै २२ वर्षीया जमुना रेश्मी र ३७ वर्षीया नरमाया आलेको उपचार भइरहेको छ।