मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १३:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

चितवनका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १३:o९:oo

चितवनमा पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा सो रोग भएको पुष्टि भएको हो ।

कार्यालयका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चितवनसहितका जिल्लाका कुखुरामा यो रोगको समस्या देखिएको हो । कार्यालयले एलाइजा प्रविधिबाट गरिएको परीक्षणका क्रममा यो रोगको संक्रमण भएको पुष्टि भएको हो ।

उनका अनुसार ९२ नमुना परीक्षणका क्रममा ३३ प्रतिशत अर्थात् ३१ वटा नमुनामा यो रोगको पुष्टि भएको हो । यस रोगका कारण कुखुरामा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गराउने गर्छ । जसले गर्दा अन्य रोगले कुखुरामा आक्रमण गर्ने गरेको उनले बताए । प्रत्यक्ष रूपमा केही असर नदेखिए पनि उत्पादन घट्दा आर्थिक प्रभाव पर्ने उनकाे भनाइ छ । 

यस रोग लागेका कुखुरामा रक्तअल्पदा हुने, तौल नबढ्ने, उत्पादनमा कमी आउनेजस्ता लक्ष्यण देखा पर्दछन् । नेपालमा यो रोग काठमाडौंमा पहिलोपटक दुई वर्षअघि देखिएको उनले जानकारी दिए। कुखुरालाई यो रोगबाट बचाउन ‘चिकेन एनेमिया भाइरस’विरुद्धको भ्याक्सिन दिनुपर्ने उनले बताए ।