मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २७ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रविको कोठामा खुला शौचालय छ, स्वास्थ्यको दृष्टिकोणले उपयुक्त छैन : आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १५:२५:oo

राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई राखिएको रुपन्देही कारागार स्वास्थ्यका दृष्टिकोणले उपयुक्त नरहेको जनाएको छ। देशभरका विभिन्न कारागारहरूको अनुगमनपछि मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले लामिछानेको कोठामा खुला शौचालय रहेको जनाएको हो।

आधारभूत आवश्यकताहरूको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको पाइएको भन्दै आयोगले भनेको छ, ‘कारागारमा रवि लामिछानेलाई राखिएको कोठाको झ्याल प्लाईले बन्द गर्दा कोठामा हावा पास हुन नसकेको, निजलाई कोठाबाहिर हिँडडुल गर्न नदिइएको, कोठासँगै खुला ट्वाइलेट रहेको, स्वास्थ्यको दृष्टिकोणले निजलाई राखिएको कोठा उपयुक्त नभएको र अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको छ।’

रुपन्देही कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको, ज्येष्ठ नागरिक र बिरामीलाई राख्ने छुट्टै स्थान नभएको, पर्याप्त पत्रपत्रिका उपलब्ध नभएको, पढ्न चाहनेहरूका लागि शिक्षाको उचित व्यवस्था नभएको, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुपर्नेहरूले प्राप्त गर्न नसकेको, वेलावेलामा कारागारभित्र सर्पहरू पस्ने गरेकोसमेत विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, कैलाली कारागारमा हिंसात्मक मुठभेडबाट उत्पन्न परिस्थितिको निरन्तर अनुगमन गरिरहेको आयोगले जनाएको छ। अनुगमनका क्रममा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएको, कैदीबन्दीबिच पटकपटक झगडा हुँदा पनि राज्य संयन्त्रले समस्या समाधानका लागि पर्याप्त पहल नगरेको, सुरक्षाकर्मीको संख्या न्यून रहेको, सुरक्षा चेकजाँच अत्यन्तै फितलो रहेकोलगायतका कमजोरी पाइएको आयोगको भनाइ छ।

आयोगले देशका अधिकांश कारागार मानव अधिकारमैत्री नभएका भन्दै कारागार व्यवस्थापनमा सुधार गर्न सरकारलाई निर्देशन दिएको छ।