मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २७ मंगलबार
  • Tuesday, 12 August, 2025
२o८२ श्रावण २७ मंगलबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २७ मंगलबार १५:o१:oo

धनकुटा जिल्लाका विभिन्न सामुदायिक विद्यालयबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौंमार्फत जिल्लाका सामुदायिक विद्यालयहरूबाट कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मायादेवी–विष्णुबहादुर श्रेष्ठले प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुनेमा धनकुटा नगरपालिका– २, भिरगाउँस्थित श्रीमान् टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम राना रहेका छन् । त्यस्तै, धनकुटा नगरपालिका– १, हिलेस्थित हिले माध्यमिक विद्यालयका गृष्मा कटुवाल र इच्छा कार्की रहेका छन् भने जनकल्याण माध्यमिक विद्यालयका विनिता राई र सन्दीप पूर्वछाने रहेका छन् ।

त्यसैगरी, धनकुटा नगरपालिका– ९ बेलहारास्थित देउराली माध्यमिक विद्यालयका विष्णुकुमार दमाईं, अनिल राई, सरुना इवाहाङ र चन्द्रकुमार कार्कीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । प्रोत्साहन पुरस्कारबाट पुरस्कृत भएकाहरूलाई जनही १०–१० हजारसहित सम्मान–पत्र प्रदान गरिएको धनकुटा समागम काठमाडौंका संयोजक प्राध्यापक डा. विनोद पोखरेलले बताए । 

सो अवसरमा धनकुटाका समाजसेवी रामनारायण श्रेष्ठलाई मरणोपरान्त सम्मानद्वारा सम्मानसमेत गरिएको छ । अग्निबहादुर श्रेष्ठ, सविन श्रेष्ठ संस्थाका संयोजक पोखरेललगायतले उनीहरूलाई पुरस्कार प्रदान गरेका थिए । धनकुटा जन्मथलो भई हाल काठमाडौंमा बसोबास गर्दै आएकाहरूले संस्थामार्फत वार्षिक रूपमा प्रोत्साहन पुरस्कार प्रदान गर्दै आएका छन् ।