Skip This
फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेरि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:२५:oo

एक  महिनाको आन्दोलन स्थगित गरेर विद्यालय फर्किएका शिक्षकहरूले फेरि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भएका छन्। आज बिहीबार बसेको नेपाल शिक्षक महासंघको बैठकले भदौ दोस्रो सातादेखि आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।

सरकारले सहमतिअनुसार शिक्षा ऐन ल्याउने प्रक्रिया अघि नबढाएकाले पुनः सडक आन्दोलन गर्नुपरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ पत्रिकासँग बताए। उनका अनुसार भदौ ३ र ४ गते केन्द्रीय समितिको बैठक बोलाउने र दोस्रो सातादेखि देशभरका शिक्षकलाई काठमाडौंमा उतार्ने निर्णय भएको छ।

१५ असारको ‘डेटलाइन’ तोकेर सरकार र महासंघबिच गत १७ वैशाखमा शिक्षा ऐन ल्याउने ग्यारेन्टीसँगै सेवा–सुविधासम्बन्धी नौबुँदे सहमति भएको थियो।