Skip This
सम्पर्क कार्यालयमार्फत सक्रिय बन्दै पूर्वराष्ट्रपति भण्डारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पर्क कार्यालयमार्फत सक्रिय बन्दै पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

पूर्वराष्ट्रपति विद्या भण्डारी मदन भण्डारी फाउन्डेसनमार्फत एमालेको आन्तरिक राजनीतिमा सक्रिय बन्ने भएकी छिन्। 
फाउन्डेसनको निर्णयअनुसार स्वर्गीय मदन भण्डारीको हीरक जयन्ती कार्यक्रम तयारीका लागि अलग्गै कार्यालय भाडामा लिएर पूर्वराष्ट्रपति भण्डारी एमालेको आन्तरिक राजनीतिमा सक्रिय बन्न लागेकी हुन्।

त्यसका लागि फाउन्डेसनले नयाँ बानेश्वर थापागाउँमा काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर छिट्टै कार्यालय सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार अगाडि बढाएको छ।

हीरक जयन्ती समितिका संयोजक बागमतीका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम तयारीकै लागि घर भाडामा लिने तय भएको जानकारी दिए। ‘कार्यालय लिने भन्ने समझदारी थियो, मैले पनि मिडियाबाट कार्यालयका लागि फाउन्डेसनले घर भाडामा लिएको जानकारी पाएँ,’ हेटौँडामा रहेका पौडेलले नयाँ पत्रिकासँग भने।

केही दिनभित्र कार्यालयको मर्मतसम्भार सकिएपछि पूर्वराष्ट्रपति भण्डारीले सोही स्थानबाट पार्टीका नेता–कार्यकर्ताहरूसँग नियमित भेट गर्ने उनीनिकट एक नेताले बताए।

उनले भने, ‘केन्द्रीय कमिटीले सदस्यता सम्बन्धमा जे निर्णय गरे पनि उहाँ अगाडि बढ्ने तयारीमै हुनुहुन्छ, विधान महाधिवेशन आउँदै छ, नेता–कार्यकर्ताहरूसँग भेटघाट र सम्पर्क बढाउनका लागि पनि उहाँ नियमित रूपमा हीरक जयन्तीका लागि लिइएको कार्यालयमा आएर पार्टी नेता–कार्यकर्ताहरूसँग नियमित भेटघाट गर्ने र आवश्यक सुझाव लिने काम गर्नुहुनेछ।’