Skip This
अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी हुने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २२ बिहीबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार १७:१२:oo

अब देशका सबै संघीय अस्पतालमा डिजिटल भुक्तानी हुने भएको छ। संघीय अस्पतालको सेवा डिजिटल बनाउने मन्त्री प्रदीप पौडेलको योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई बुधबार पत्र पठाएर बिलको भुक्तानी अनलाइन तथा क्यु आरमार्फत डिजिटल भुक्तानीको व्यवस्था मिलाउन भनेको हो। 

मन्त्री पौडेलले अस्पतालहरूमा हुने भिड व्यवस्थापनका लागि नौबुँदे सुधार योजना कार्यान्वयनमा लैजान पहल गरेका थिए। मन्त्री पौडेलले नागरिकलाई टिकट लिन तथा भुक्तानीका लागि सकेसम्म कम सास्ती र भिड कम हुने गरी काम अघि बढाउन अधिकारीहरूलाई भनेका थिए। 

यसअन्तर्गत डिजिटल पेमेन्टलाई समेत अघि बढाइने निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ। मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले पत्राचारसँगै अनुगमनसमेत गर्ने तयारी गरेको छ। 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अस्पतालहरूले मन्त्रालयसमक्ष जनाएको नौबुँदे प्रतिबद्धताअन्तर्गत नै भिड व्यवस्थापन गर्ने विषयसमेत रहेको उल्लेख गर्दै अब अनुगमनमा कडाइ गर्ने बताए।