मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रीको निर्देशनलगत्तै आयल निगममा फटाफट सरुवा, थानकोट डिपोमा यादव पठाउँदा झापा र धनुषाबाट अवधि नपुगी कार्यालय प्रमुख तानिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १९:oo:oo

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शनिबार बिहान आयोजित आयल निगमको वार्षिक बजेट गोष्ठिमा डिपो प्रमुखको सरुवामा नअल्मलिन निर्देशन दिएलगत्तै व्यवस्थापनले तीन वटा डिपो प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ।

काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुखमा उपनिर्देशक जगदिश यादवलाई पठाइएको छ। त्यहाँ कार्यरत उपनिर्देशक अशोक साह दुईवर्षे कार्यकाल पूरा गरेर केन्द्रीय कार्यालय आएका छन्।

यादव तीन वर्षअघि भैरहवा डिपो प्रमुख हुँदा पूरा कार्यकाल नबिताई केन्द्रीय कार्यालय आएका थिए। सबैभन्दा संवेदनशील मानिएको थानकोट डिपोमा जान इन्दु शर्मा, अभिषेक ठाकुरलगायतका कर्मचारी दौडमा थिए। तर, व्यवस्थापनले यादवलाई जिम्मेवारी दिएको हो।

त्यस्तै झापाको चारआली र धनुषाको महेन्द्रनगर शाखा कार्यालयबाट भने कार्यावधि नपुगी डिपो प्रमुख तानिएका छन्। एक वर्षअघि मात्रै चारआली शाखा प्रमुख भएकी गिता धिताललाई तानेर इआरपी परियोजनामा पदस्थापन गरिएको छ भने गत फागुनमा मात्रै महेन्द्रनगर कार्यालय प्रमुख भएका मनिष न्यौपानेलाई केन्द्रीय कार्यालयको इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग ल्याइएको छ।

नयाँ डिपो प्रमुखका रुपमा चारआलीमा उप–प्रबन्धक उमेश पोखरेल र महेन्द्रनगरमा उप–प्रबन्धक रंजीत कपारीलाई पठाइएको छ। पोखरेल थानकोट र कपारी सिनामंगल डिपोको अपरेसन विभागमा कार्यरत थिए।

त्यस्तै, निगम व्यवस्थापनले अमलेखगञ्ज–चितवन (लोथर) पेट्रोलियम पाइपलाइन र भण्डारण गृह परियोजनाको संयोजक पनि परिवर्तन गरेर उपनिर्देशक प्रदिप यादवलाई जिम्मेवारी दिएको छ।