
भारतबाट चोरी गरेर आएको एक समूह बाँकेको कोहलपुरमा पक्राउ परेको छ । १५ तोला सुन र सात लाख ८७ हजारसहित ६ जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, बाँकेले कोहलपुर ११ मा रहेो होटल भ्यु कालिकोटमा बसेका मनबहादुर शाह,ि तेजबहादुर शाही, पंकज केसी, सरिता शाही, प्रेमबहादुर खत्री र अनिता खत्रीलाई पक्राउ गरेको हो । उनीहरु सबै कालिकोट जिल्लाका हुन्।
भारतबाट चोरी गरेर आएको सूचनाका आधारमा होटलमा छापा हानी उनीहरुलाई पक्राउ गरिएको इप्रका कोहलपुरकी डिएसपी लक्ष्मी खनालले बताइन् ।