मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

साहित्यकार घिमिरेले ल्याए पहिलो पुस्तक ‘बलिदानका कथाहरू’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

उदयपुरका साहित्यकार बोधकुमार घिमिरेले पहिलो पुस्तक ‘बलिदानका कथाहरू’ बजारमा ल्याएका छन् । उदयपुरगढी गाउँपालिका– ६, नेपालटारनिवासी घिमिरेले मार्क्सवादी साहित्यमा केन्द्रित रहेर प्रगतिशील दृष्टिकोणबाट कथासंग्रह ‘बलिदानका कथाहरू’ केही दिनअघि मात्र बजारमा ल्याएका हुन् ।

साहित्यका विभिन्न विद्यामा लेखनप्रेमी रहेका घिमिरेको पहिलो कथासंग्रहले व्यवस्था परिवर्तनमा बलिदान दिनेहरूको कथा उजागर गरेको छ । उक्त कथासंग्रहमा नेपाली राजनीतिक व्यवस्था परिवर्तनका लागि जीवन बलिदान गर्नेहरूले देखेको सपना र हालको अवस्था देखाइएको छ । 

साहित्यकार घिमिरले भने, ‘पठन संस्कृति हराउँदै गएको समयमा मोफसलमा रहेर ‘बलिदानका कथाहरू’ ल्याउने दुःस्साहस गरेको छु । अब यसको मूल्यांकन पाठकको जिम्मा लगाएको छु ।’ घिमिरेको कथासंग्रहमा जम्मा ११ वटा फुटकर कथा समावेश छन् । जसमा ‘अधुरो चाहाना’, ‘अन्तिम दृश्य’, ‘उदयचन्द्रको रथ’, ‘दलमुखी’, ‘प्रतिज्ञा’, ‘पल्लो घरको बत्ती’, ‘पश्चताचाप’, ‘भिडियो कल’, ‘सेतो लुगा’ र ‘हराएको लेखक’ छन् । 

प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय उपमहासचिवसमेत रहेका घिमिरे उदयपुरका वामपन्थी नेता पनि हुन् । उक्त कथासंग्रहको पुस्तक लोकार्पण समारोह आगामी साउन ३ गते गाईघाटको संगम सामुदायिक पुस्तकालयमा राखिएको घिमिरेले जानकारी दिए ।