मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौँडामा प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास, आठ करोडभन्दा बढी लागतमा निर्माण हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

हेटौँडा उपमहानगरपालिका– १७ स्थित हटियामा बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार बिहान आयोजित विशेष कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पतालको शिलान्यास गरेका हुन्।

शिलान्यास समारोहमा मन्त्री लामिछानेले प्रदेश सरकार सुरक्षा र नागरिक सेवामा गम्भीर रहेको उल्लेख गर्दै अस्पताल निर्माणपछि प्रहरीसँगै स्थानीय नागरिकसमेत लाभान्वित हुने बताए। ‘प्रदेशको सुरक्षाका साथसाथै नागरिक स्वास्थ्यलाई समेत ध्यानमा राख्दै यस अस्पतालको निर्माण थालिएको हो,’ मन्त्री लामिछानेले भने।

बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयन हुने सो अस्पताल निर्माण योजनाअनुसार पहिलो चरणमा १५ शय्याको अस्पताल बनाइनेछ। कुल लागत आठ करोड तीन लाख ७१ हजार रुपैयाँ रहने अस्पतालको निर्माण कार्य आगामी ०८३ साल पुस १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

पहिलो चरणमा बहिरंग विभाग, कर्मचारी आवास, अस्पतालपरिसरको घेराबार, डिपबोरिङ, पार्किङलगायत संरचना निर्माण गरिनेछ। अस्पताल निर्माण सम्पन्न भएपछि अन्तरंग र बहिरंग सेवा दुवै सञ्चालन गरिने प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायब उपरीक्षक डा. प्रयास बिडारीले जानकारी दिए।

हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौँडा– १५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई सीमित स्वास्थ्य सेवा दिँदै आएको छ। नयाँ अस्पताल सञ्चालनमा आएपछि प्रहरी कर्मचारीसँगै स्थानीय समुदायले पनि स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।