१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format o८:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

१६ असार बागमती प्रदेशको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आज (सोमबार) बस्दै छ। दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । यसअघि असार १२ गतेका लागि तय गरिएको बैठक सत्तासाझेदार दलका सांसदहरूले नै  विरोध गर्ने भएपछि स्थगित गरिएको थियो । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गतेका लागि सारिएको जानकारी गराएको थियो ।

प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथि छलफल सुरु गरिनेछ । बजेटमाथिको छलफलसँगै संशोधन प्रस्तावहरू समेट्दै बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वमा रहेको प्रदेश सरकारले प्रस्तुत गरेको ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गरेका हुन् ।

कांग्रेस सांसदहरू सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमाले सांसदहरूले योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष व्यक्त गरेका छन्। केही सांसदहरूले सार्वजनिक रूपमा बजेट संशोधनको माग समेत गरेका छन् । बजेटमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकता दिइएको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले दाबी गरेका छन् ।