
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’सम्बन्धी चौथो अन्तरार्राष्ट्रिय सम्मेलनका क्रममा स्पेनको सेभियामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्ट र पोर्चुगलका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्।
इजिप्टका प्रधानमन्त्री डा.मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग भेटवार्ता गरेका हुन्। सोमबार छुट्टाछुट्टै भएका भेटमा विविध द्विपक्षीय विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।