१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ९ सोमबार
  • Monday, 23 June, 2025
रमेश रावल सुर्खेत
२o८२ असार ९ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८२ असार ९ सोमबार १६:२o:oo

कर्णाली प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीनजनालाई सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, सामाजिक सेवा एकाइ कार्यक्रमतर्फ कम्प्युटर अपरेटर तृप्ति शाही र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिँजाली मगरविरुद्ध मुद्दा दायर गरिएको हो । 

स्वास्थ्य बिमा शाखाको नाम दर्ता गर्ने काउन्टरमा खटिई बिमितहरूको नाम दर्ता गर्ने कार्य गर्दै आइरहेकोमा तिनीहरूले अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी रकम हिनामिना गरी अनियमितता गरेको आयोगको आरोप रहेको छ ।

अस्पतालमा १ साउन ०८० देखि ३२ साउन ०८१ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४ लाख तीन हजार ८५६ रुपैयाँ पचास पैसामध्ये आठ लाख ३६ हजार ३३० रकम अस्पतालको खातामा दाखिला गरी २५ लाख ६७ हजार ५२६ रुपैयाँ पचास पैसा रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेल बताए ।