
थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको निधन भएको छ। उनको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ। माओवादीबाट निर्वाचित उनी केही समयदेखि बिरामी थिए।
वडाध्यक्ष घर्तीमगरको निधनपछि थबाङ गाउँपालिकाले मंगलबार शोक बिदा घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष ऋषिकेश बुढामगरले एक सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्र सार्वजनिक बिदा दिएको जनाएका छन्।