
सभामुख देवराज घिमिरेले मुख्य सचेतक र प्रमुख सचेतकको बैठक बोलाएका छन् । शुक्रबार बिहान ११ बजे सचेतकसँग र मध्याह्न १२ बजे परामर्श समितिको बैठक बोलाएका हुन् ।
सदनको अवरोध हटाउने विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । त्यस्तै, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरको विषयमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ ।