
सन् १८४८ : मेक्सिको–अमेरिका युद्ध टुंग्याउन भएको ‘गुआडालुप हिडाल्गो सन्धि’ कार्यान्वयनमा आयो । सन्धिअनुरूप अमेरिकाले मेक्सिकोबाट हालको क्यालिफोर्निया, नेभाडा, उत्ताहको पूरै भाग र कोलोराडो, न्यु मेक्सिको र एरिजोना राज्यको ठुलो भाग पायो ।
सन् १४३१ : सय वर्षीय युद्धका क्रममा फ्रान्सबाट लडेकी जोन अफ आर्कलाई १९ वर्षको उमेरमा इंग्लिस फौजले जलाएर मृत्युदण्ड दिए ।
सन् १६६७ : इंग्ल्यान्डकी चर्चित साहित्यकार र वैज्ञानिक मार्गरेट क्याभेन्डिस ‘रोयल सोसाइटी’को बैठकमा भाग लिने पहिलो महिला बनिन् ।
सन् १८१४ : नेपोलियनले ‘छैटौँ गठबन्धनको युद्ध’मा हार भोगेपछि पेरिस सन्धिमा हस्ताक्षर भयो । सन्धिका प्रमुख बुँदामा नेपोलियनको शासन अन्त्य गर्ने र फ्रान्सको सिमाना सन् १७९२ अघिको अवस्थामा फर्काउने विषय प्रमुख थियो ।
सन् १९१३ : लन्डन सम्झौताले अघिल्लो वर्ष अक्टोबर ८ मा बाल्कन लिग (सर्बिया, मोन्टेनेग्रो, ग्रिस र बुल्गेरिया) र अटोमन साम्राज्यबिच सुरु भएको ‘पहिलो बाल्क युद्ध’ अन्त्य गर्यो ।
सन् २०२३ : विश्वभरका एआई उद्योगसँग आबद्ध ४०० विज्ञद्वारा हस्ताक्षर गरिएको एक पत्रले ‘एआई’बाट भविष्यमा मानव अस्तित्वमै जोखिम रहेको चेतावनी दिए ।