कपाल झर्नबाट रोक्न...

शुक्रबार, १८ कार्तिक, २०७९
डिजिटल संस्करण

- तोरी, नरिवल वा सर्स्यूँको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्नेगरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने । 

- ग्रीन टीसहितको पानी मनतातो बनाएर कपालमा लगाई केही बेरमा धुने । ग्रिन टीमा एन्टिअक्सिडेन्ट तत्व हुने भएकाले कपाल झर्नबाट रोक्नुका साथै कपाल छिटो बढ्छ । 

- टाउकोमा दिनहुँ हल्का मसाज गर्ने । यसले जरामा रक्तसञ्चार भई कपाल झर्नबाट रोक्छ । 

- मेथीको रसमा दही मिसाएर कपालमा लगाउने र करिब एक घन्टापछि पखाल्ने । यसले कपाल झर्ने समस्यासँगै चाया पर्नबाट समेत बचाउँछ ।

- प्याजलाई काटेर  कपाल झरेको ठाउँमा नियमित मसाज गर्दा कपाल झर्न बन्द हुनुका साथै नयाँ कपालसमेत उम्रन्छ ।  

- तनावका कारणसमेत कपाल झर्ने हुन्छ । यसर्थ, तनाव व्यवस्थापन गर्न आवश्वक छ । दैनिक योगा गरेमा शरीरमा हर्मोनको मात्रा सन्तुलित राख्नुका साथै तनाव व्यवस्थापन पनि हुन्छ । 
 

See More On

सुझावित समाचार