गर्भवती महिलाको हेलिकाेप्टरबाट उद्धार

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

सुत्केरी हुन नसकेपछि हुम्लाको अदानचुली गाउँपालिका– ५ की एक महिलाको हेलिकाेप्टरबाट उद्धार गरिएको छ । अदानचुलीको श्रीनगर स्वास्थ्यचौकीमा सुत्केरी हुन नसकेकी १९ वर्षीया कुसुम टमटाको हेलिकाेप्टरबाट उद्धार गरिको हो ।

राष्ट्रपति महिला उत्थानको सहयोगमा हेलिकाेप्टरबाट उद्धार गरी उनलाई  प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी सीता परियार, प्रहरी नायब उपरीक्षक कृष्णराज ओझा, स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहको विशेष पहलमा किशोरीको उद्धार गरेपछि ज्यान जोगिएको छ ।

सुझावित समाचार