काठमाडाैं- सडक विस्तार नहुँदा चक्रपथको कलंकी–वसुन्धरा खण्डअन्तर्गत सामाखुसी चोकको बाहिरी क्षेत्रमा झार पलाएको छ।
सडकलाई आठ लेनमा विस्तार गर्न साइट खाली गरिए पनि काम अगाडि नबढ्दा बाहिरी क्षेत्रमा बोटबिरुवा र झार पलाएकाे हाे । चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदानमा ८.२ किमिको यो खण्ड निर्माण गर्ने गरी गत १६ वैशाखमा सम्झौता भएको थियो ।
पछिल्लोपटक गत कात्तिक (दसैँ)बाट विस्तारको काम सुरु हुने भनिए पनि अझै टुंगो लागेकाे छैन । पहिलो खण्ड कोटेश्वर–कलंकी साढे १० किमि चीनले ०६९ मा सुरु गरी ०७५ मा निर्माण सम्पन्न गरेको थियो भने नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको ७०० मिटर सडक सरकारले आफ्नै लगानीमा विस्तार गरेको थियो ।