रुपन्देही क्षेत्र नम्बर ३ बाट सत्तागठबन्धनका तर्फबाट कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणले उम्मेदवारी दर्ता गराएका छन्। रुपन्देही– ३ मा एमाले–जसपा गठबन्धनबाट राप्रपाका दीपक बोहराले मनोनयन दर्ता गराएका छन्।
प्रदेश सभातर्फ ३ को (क) बाट लोसपाका सन्तोष पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ३ को (ख) बाट कांग्रेसका रामचन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन । क्षेत्र नम्बर ३ बाट एमाले र जसपासहितको गठबन्धनबाट राप्रपा वरिष्ठ नेता दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन्।
रुपन्देही क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभामा जसपाका महेन्द्र यादवले मनोनयन दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट ३ को (ख)मा तुलसी चौधरीले मनोनयन दर्ता गराएका छन्।