इतिहासमा आज - ५ सेप्टेम्बर

सोमबार, २० भदौ, २०७९
डिजिटल संस्करण
  •  सन् १९९७ – विश्व प्रसिद्ध समाजसेवी मदर टेरेसाको निधन भएको थियो । टेरेसाको ८७ वर्षको उमेरमा भारतको कोलकातामा निधन भएको थियो । सन् १९५० मा मिसिओनरिज च्यारिटी नामक संस्था खोलेर गरिब, बिरामी, अनाथको सेवा गरेकी थिइन् । उनलाई सन् १९९७ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
  • सन् १९७७ – अन्तरिक्षको अनुसन्धान गर्न नासाले अमेरिकाको फ्लोरिडाबाट भोयगर १ यान अन्तरिक्षमा पठाएको थियो ।
  •  १९७२ – म्युनिख ओलम्पिकमा नरसंहार भएको थियो । ब्ल्याक सेप्टेम्बर अतिवादी समूहमा आबद्ध प्यालेस्टिनी लडाकुहरूको समूह जर्मनीको म्युनिखस्थित ओलम्पिक भिलेजमा इजरायली धावकहरू बसेको स्थानमा पुगेर दुईजना खेलाडीको हत्या गर्नुका साथै नौजनालाई बन्धक बनाएका थिए । सुरक्षाकर्मीले रिहा गर्न खोज्दा लडाकुले बन्धक सबै खेलाडीको हत्या गरेका थिए ।
  • सन् १९४४ – तीनवटा देश बेल्जियम, नेदरल्यान्ड्स र लक्जम्बर्ग सम्मिलित राजनीतिक तथा आर्थिक युनियन बेनिलक्स गठन भएको थियो ।

सुझावित समाचार