तिजमा पशुपतिनाथ पुगिन् राष्ट्रपति

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छिन्। मंगलबार हरितालिका तिजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन्। 

वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूको पर्व हरितालिका तिजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा, आराधना गरिन्। दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तिज मनाउने गरिन्छ। यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तिज मनाएका छन्। 

सुझावित समाचार