एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानीबाट थप कर्जा लिने

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण

एनएमबि बैंकले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआइआई)बाट दुई करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने भएको छ । यससम्बन्धी सम्झौतासँगै बैंक बिआइआईबाट दोस्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक बनेको हो । 

आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । यसरी विस्तार गरिएको लगानीले जलस्रोत तथा नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्ने बैंकको दाबी छ ।

सम्झौतामा हस्ताक्षरपछि बैंकका कार्यकारी अधिकृत सुनील केसीले उक्त कर्जा लगानीले ऊर्जा क्षेत्रमा कार्यरत परियोजनाहरू लाभान्वित हुनुका साथै बैंकले लिएको दिगो बैंकिङको अवधारणालाई एक कदम अगाडि पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । बैंकले हाल देशभरमा दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार