नेपाल र केन्याबीचको तेस्रो टी–२० सुरु

आइतबार, १२ भदौ, २०७९
डिजिटल संस्करण

पाँच टी–२० क्रिकेट शृंखलाअन्तर्गत नेपाल र केन्याबीचको तेस्रो टी–२० म्याच सुरु भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा भइरहेको खेलमा केन्याले ब्याटिङ गरिरहेको छ । 

केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको हो । यसअघि भएका दुई म्याचमा दुवैले एक–एक जित निकालेका छन् । नेपाल आजको खेल जिती शृंखलामा अग्रता लिन चाहन्छ । 

नेपालले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । अघिल्ला दुई म्याच खेलेका मोहम्मद  आसिफ सेख र बसिरको स्थानमा साहव आलम र अर्जुन साउदलाई मौका दिइएको छ । अर्जुनले आज अन्तर्राष्ट्रिय म्याचमा डेब्यु गरेका छन् । 
 

सुझावित समाचार