काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोललाई तीन प्रश्न

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

काठमाडौंको फोहोरको दीर्घकालीन समाधान के होला ?  
हामीले फोहोरलाई सदुपयोग गर्ने योजना बनाएका छौँ । जसअनुसार कुहिने फोहोरबाट हामीले मल बनाउँछौँ । यसबाहेक फोहोरलाई मोहरमा बदल्न नयाँ योजना पनि सुरु गर्नेर्छौं । 

अहिलेको समस्या समाधान कसरी हुँदै छ ? 
अहिले फोहोरमा देखिएको समस्या समाधानका लागि हामीले दिनहुँ छलफल गरिरहेका छौँ । स्थानीयवासी, सहरी विकास मन्त्रालय, स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेका छौँ । सम्भवतः छिट्टै समाधान होला । 

कुहिने र नकुहिने फोहोर वर्गीकरणमा महानगर किन चुक्यो ? 
फोहोर वर्गीकरणबारे हाम्रो अभियान जारी छ । कुहिने र नकुहिने फोहोर अलगअलग गरी उठाउने योजना बनाउँदै गर्दा स्थानीयवासीबाट अवरोध भयो । त्यस्तो अवस्थामा कुहिने र नकुहिने फोहोरलाई अलगअलग गर्न सम्भव भएन । हाल सडकमा थुप्रिएको फोहोर उठाइसकेपछि हामी सो योजनालाई निरन्तरता दिनेछौँ । त्यसका लागि पुनः तालिका बनाउनेछौँ । 

सुझावित समाचार