धार्मिक करणले छात्रालाई विद्यालय पढाउन नसकिने तलिबान सरकारको प्रस्टीकरण

बिहिबार, २६ साउन, २०७९
डिजिटल संस्करण
धार्मिक करणले छात्रालाई विद्यालय पढाउन नसकिने तलिबान सरकारको प्रस्टीकरण

फाइल फोटो

अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ। स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन्।

निजी विद्यालयको संगठनका नेता जाबिहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए। त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको संख्या घटेको उनको भनाइ छ। 

तालिबान सरकारका प्रमुख प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे। बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहे पनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ।

मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ । अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घरबाहिर एक्लै हिँड्न नपाइने व्यवस्था गरिएको छ। यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठे पनि तालिबान प्रशासनले भने अस्वीकार गर्दै आएको छ।

सुझावित समाचार