इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

आइतबार, २२ साउन, २०७९
डिजिटल संस्करण
इजरायल र गाजामा दोस्रो दिन पनि गोली हानाहान, २४ जनाको मृत्यु, २१५ घाइते

इजरायलले हवाइ आक्रमण गरेपछि धुवाँको मुस्लो उडिरहेको गाजा शहर । तस्बिर : इपिए

इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजी)बीच दोस्रो दिन पनि गोली हानाहान जारी रहँदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै दुई सय १५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ६ बालबालिका र दुई महिलासमेत रहेकाे गाजाको स्वास्थ्य मन्त्रालयले सिन्ह्वालाई पठाएको प्रेस विज्ञप्तिमा  जनाइएको छ। इजरायली वायुसेनाले शनिबार राति दक्षिणी गाजा स्ट्रिप सहर रफाहमा एउटा घरलाई विनाचेतावनी आक्रमणको निशाना बनाउँदा  दुई प्यालेस्टिनीको मृत्यु हुनाको साथै ३० भन्दा बढी घाइते भएका प्यालेस्टिनी सुरक्षा स्रोतहरूले जनाएका छन्।
 
यसैबीच, प्यालेस्टिनी स्रोतका अनुसार उत्तरी गाजाको जबलियाको शरणार्थी शिविरमा शनिबार राति भएको विस्फोटमा चार बालबालिकासहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्। इजरायलले विस्फोटको जिम्मेवारी  भने अस्वीकार गरेको छ। रासस

सुझावित समाचार