कोरियामा एकै दिन एक लाखभन्दा बढी संक्रमित

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

दक्षिण कोरियामा २४ घन्टामा एक लाख सात हजार आठ सय ९४ जनामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ ।  

यसैसँगै यहाँका कुल संक्रमितको संख्या दुई करोड ६० लाख एक सय ५४ पुगेको स्वास्थ्य अधिकारीले बिहीबार बताएका छन् । 

अघिल्लो दिनको तुलना कोभिड संक्रमण केही घटेको कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी जानकारी दिएको थियो । नयाँ केसमध्ये चार सय ३५ जना आयातीत रहेको जनाइएको छ । यद्यपि, ४६ हजार तीन सय २९ जना कोरोनामुक्त भएका छन् ।

गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या तीन सय १० पुगेको छ । यस अवधिमा थप ३४ जनाको मृत्यु भएको छ । कोरोना सुरु भएबाट हालसम्म कुल मृतक संख्या २५ हजार एक सय ४४ पुगेको छ । 

सुझावित समाचार