मगर संघको सभापतिमा थापामगर सर्वसम्मत चयन

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर सर्वसम्मतले चयन भएका छन्। शनिबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको संघको केन्द्रीय समितिको बैठकले उनलाई  सर्वसम्मत चयन गरेको हो।

उनी मगर संघको संस्थापक सचिव, महासचिव तथा उपसभापति रहिसकेका छन्। थापा सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिवसमेत हुन्।

सुझावित समाचार