बैंकिङ कसुर मुद्दामा दुई दिन कैद सजाय पाएका फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका– ६ का ३२ वर्षीय लक्ष्मण कार्की छन् ।
जिल्ला अदालन सुनसरीले २७ पुस २०७७ मा कार्कीलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै दुई दिन कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना सजाय हुने फैसला सुनाएको थियो । तर, कार्की फरार थिए ।
कार्कीलाई प्रदेश १ प्रहरीको विशेष टोलीले धरान उपमहानगरपालिका– १२ छाताचोकबाट बिहीबार पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले उनलाई जिल्ला अदालत पेस गरेको थियो ।
अदालतको आदेशमा कार्कीलार्य बेरुजु असुल गराउन तथा कैद सजाय भुक्तान गर्न सुनसरीको झुम्का कारागार पठाएको छ ।