बिपीलाई संसद्ले सम्झनुपर्छ : डा रिजाल

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण
बिपीलाई संसद्ले सम्झनुपर्छ : डा रिजाल

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई नेपालको संसद्ले सम्झिनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले आज बिपी कोइरालाको स्मृति दिवस भएको र बिपी नेपालको पहिलो संसद्को नेता भएकाले उनलाई संसद्ले स्मरण गर्नुपर्ने बताएका हुन् । 

बिपीले राजासँग लड्दा अथवा राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेको उनले बताए । ‘यस्तो नेता जो सबैभन्दा माथि उभिएर बस्नुभएको थियो । कहिल्यै जीवनमा जनताको प्रतिनिधि हुँ भन्ने गुमाउनुभएन । राजासँग लड्दा पनि, राजासँग मिलापको बाटो खोज्दा पनि नेपाली जनतालाई केन्द्रमा राखेर, नेपाली जनतालाई साँचो अर्थमा सार्वभौम बनाउने काममा लाग्नुभयो,’ उनले भने, ‘त्यो बिपी कोइरालालाई स्मरण आज संसद्ले गर्नुपर्छ ।’ 

सांसद रिजालले बिपीका समकालीन नेताहरू सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूले समेत बिपीलाई उच्च सम्मान गर्ने गरेको प्रसंगसमेत स्मरण गरे । 

सुझावित समाचार