एसपिपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध भयो : अध्यक्ष नेपाल

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) रद्ध गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्ध भएको बताएका छन् । शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपिपी रद्ध गरेकै कारण प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्ध भएको दाबी गरेका हुन् ।     

एसपिपी केपी ओली प्रधानमन्त्री भएकै पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्ध भयो, थाहा छैन ?’ अध्यक्ष नेपालले भने । अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनै पनि समयमा घोषणा हुन सक्ने बताए । उनले छिट्टै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।  

अध्यक्ष नेपालले अमेरिका नाटो र इन्डाेप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको धारणा राखे । ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ । नाटोको विस्तार भएको भएकै छ । रुसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रुसलाई घेराबन्दी गरी समाप्त पार्ने गरी अमेरिका अघि बढिरहेको छ,’ अध्यक्ष नेपालले भने, ‘इन्डाेप्यासिफिक रणनीति अघि सारेर जापान र अस्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढिरहेको छ । यति वेला चीन र रुसले पनि जस्तालाई त्यस्तै जवाफ दिन्छु भनेर अघि बढेका छन् ।’

सुझावित समाचार